म्याग्दी जिल्लाबासीहरुमा हाम्रो अपिल !
जिल्लाबासीहरु,
भौगोलिक रुपमा हाम्रो जन्मभूमी म्याग्दीहामीदेखी धेरै टाढा भए पनि मानसिक रुपमा टाढा छैनौ। जिल्ला प्रतिको अगाढ माया बिदेशी भुमिमा झनै उर्बर हुन्छ भनेर शायद भन्नु नपर्ला। बिज्ञान र प्रबिधिले संसार अत्यन्तै सागुरिएको छ। संचार माध्यमको अनुन्याश्रित बिकासले म्याग्दीको जो कोही टाढा छैनन। टेलीफोन,पत्रपत्रिका,इमेल,इन्टरनेट, फेशबुक र यूट्युब आदिबाट विश्वको घटना छिनभरमा संसार भरी पुग्दछन। त्यसैले हामी कहाँ छौ के गर्दछौ हाम्रा आवश्यकता कस्ता छन भनेर उल्लेख गर्न जरूरी पक्कै छैन। जुन मुलुकमा गएर बसे पनि हामीमा एकछिन् फुर्सद भए त्यो फुर्सदले प्रत्येक म्याग्देलीलाई त्यही काली म्याग्दी खोलाको किनरा हुँदै हामी डुलेको घुमेको गाउँ घर स्कूल मेला ईश्टमित्र अनि छुटिएको हाम्रो परिवारसँग भेट गराइदिन्छ। आहा!! त्यो आनन्द, पछि झसँग यथार्थमा आउँदा केबल आँखामा आँसु मात्र हुन्छ। केबल आँसु!! यिनै अगाढ मायाको खातिर सन १९९८ मा केही म्याग्देलीहरुबाट बिउ रोपी,२००३ मा सामुहिक पहल भएता पनि २००६ आएर एउटा सिंगो र साझा संस्थाको स्थापना भयो "म्याग्दी प्रबासी नेपाली संघ" अथवा मोना यू के जसले धेर थोरै काम म्याग्देलीको हितमा गर्दै आएको छ। नेपाली नयाँ बर्षमा शुभकामना साँझको कार्यक्रम राखी सबै म्याग्दीबासीहरुलाई एउटै दिन, एकै समय र एउटै स्थानमा भेला गराइ शुभ कामना आदान प्रदान गराउने शौभाग्य हाम्रो संस्थाले प्राप्त गरेको छ।
गत बर्ष सदरमुकाम बेनी बजारका श्याम श्रेष्ठका छोरा बर्ष २१ को सन्तोष श्रेष्ठको अध्ययनको क्रममा बेलायत आएपछि उनको असामहिक निधन भएको थियो। त्यस दु:खद घडिमा हाम्रो संस्थाले छिनभरमा राहत दिलाउन सफल भयो शायद त्यो सहयोग बेलायती नेपालीहरुबिच एतिहासिक राहत बनेको छ। "जिये जन्ती, मरे मलामी" भने झै हाम्रो मौलिक कानुनी परम्परालाई यस् संस्थाले जीबन्त राखेको छ। यसको परिधिमा रहेर धेरै म्याग्देलीले दु:खको बेला राहत र सुखको बेला आनन्दको अनुभूति पाएका छन जस्तो सबैलाई लागेको हुनु पर्दछ।
म्याग्दी जिल्लामा जन्मिएर जिल्ला,अञ्चल,क्षत्र र सिंगो देशलाई चिनाउने नेपाल आमाका सपूतहरु ति अग्रजहरुलाई हामीले सम्झनु पर्ने हुन्छ। जस्ले संसारलाई चिनाएका छन सिंगो नेपालीलाई इन्टरनेटको आबिस्कार गरि सँचारको राहत दिने एशियाकै उत्कृष्ट म्यागास्यास पुरुस्कार पाउने साथै नेपाल अधिराज्यभर वायरलेश इन्टरनेटको कार्यमा लाग्नु भएका डाक्टर महाबिर पुन प्रति पनि पूर्ण सफलताकोकामना गर्दै संसारकै बयोब्ॠध्द बिना अक्सीजन हिमाल चढ्ने आरोही दाना तातोपानीका मिन बहादुर शेरचन बधाईको पात्र हुनुहुन्छ रलोप हुनथालेको लोकभाका र सँस्क्रितीलाई जोगाइ उचाईमा पुराउन सफल श्रध्देय लोकगायक खड्ग गर्बुजा राष्ट्रिय बिभूती हुनु भएकोमा हामी म्याग्दीबासीहरुले गर्ब गर्ने स्थान पाएका छौ।
बिदेशमा बसेर पनि सबै जसो म्याग्देलीले आफू जन्मिएको गाउँठाउँ,समाज र जिल्लाको निम्ती धेरै थोरै सक्दो सहयोग गरिराखेका छन। आफू पढेको बिद्यालयदेखी लिएर सामाजिक कृयाकलाप गर्ने ठाउँ जस्तै स्थानिय पाटीपौवा,युवा क्लब र बाटोघाटोको मर्मतरनिर्माण जस्ता उल्लेखनिय काम कार्य गरी राखेको छन। विश्वको जुनसुकै मुलुकमा भएपनि आ आफ्नो क्षत्रबाट म्याग्दीबासीले मद्घत गर्न चुकेको छैनन। हाम्रो साझा संस्था "म्याग्दी प्रबाशी नेपाली संघ" को स्थापना गरि जिल्लालाई आर्थिक सहयोग थुप्रै देशबाट भएका छन। सन १९९८ सालमामा म्याग्दी प्रबासी संघ दक्षिण कोरियाले म्याग्दी क्याम्पस बेनी बजारको निजी जग्गामा छात्रबास निर्माण गरिदिएको थियो। त्यस्तै अन्य देशहरुबाट बेनी अस्पताललाई एम्बुलेन्स र उपचारको लागि एक्सरे मेशिन आदी पठाइसकिएको छ। माथि उल्लेखित संघ संस्था मात्रले जिल्लाको निम्ती गरेका छैनन अरु धेरै छन। उंहाहरुको सहयोग कुनै तुलोमा जोख्न अबस्य मिल्दैन।
बेलायतमा बस्ने हामी म्याग्देलीहरुको परिचय दियौ भने शायद अन्य देशका सहयोग प्रदान गर्ने म्याग्देलीलाई असहज लाग्ला त्यसैले हाम्रो धारणा मात्र प्रस्तुत गरे पुग्ला।
साँचो अर्थमा हामी भर्ती भई बेलायत आउँदा वा बेलायतमा अन्य कामले प्रबेश गर्दा हाम्रो प्यारो जन्मभूमी म्याग्दीबाट हामीले सहयोग मात्र लिएका छौ। दिएका केही छैनौ! हाम्रा आमा बुवाको न्यानो माया,हामीलाई पढाउने शिक्षकहरुको साहानुभूति,हाम्रो ईश्टमित्रहरुको मिठास बोली,गाउँ घरमा मेला लाग्दा ति फूपुहरुको,मामाहरुको,छामाहरुको घरमा श्रध्दापूर्बक खाएको मिठो खाना,तिनै गाउँ घरका तरूनी तन्नेरिहरुको सम्झनाका रुमालहरु,त्यही गाउँमा उकाली ओराली गर्दा भोकको बेला निशुल्क खाएका खाजा अनि त्यो चिसो पानी साँच्ची नै जीवनमा जो कोहिले भुल्न सक्दैन। हुनत:त्यो ठाउँ,ती ईश्टमित्र,ती श्रध्दालु अभिभाबकहरुलाई हामीले बिर्सेंको पक्कै होइन। समय क्रमनुसार हामीमा समय भएन, छोटो समयमा ति गाउँ पुग्ने मन हुँदाहुँदै पनि त्यही बेनी,पोखरा र काठमाण्डौबाट फर्कनु परेको तितो अनुभब हामीमा छ। "बेला गएको रात,भोक मेटिएपछिको भात"भने झै समय धेरै गैसकेको छ तर पनि चुप लागेर बस्दा पक्कै अनर्थ रहला! नभए हामीलाई ढाढे भन्लान!!
हाम्रो प्यारो संस्था म्याग्दी प्रबासी नेपाली संघ बेलायतले नेपाल तथा यू केमा बस्ने केही बुद्दीजिबी साथीहरुसँग सल्लाह र सुझाब लिई हाम्रो संस्था मार्फत म्याग्दी जिल्लाको दुई किनारा म्याग्दी र काली भेगमा निरन्तर सेवामा रहने गरि दुई वटा आपतकालिन बिरामीहरुको राहतको लागि एम्बुलेन्स प्रदान गर्ने सँकल्प गरेका छौ। हुन त यो सहयोगले हाम्रो जिल्लाप्रति गर्न चाहेको सहयोगको प्याश मेटिने त होइन तर पनि "चामलको पैचो पिठोले भए पनि तिरौ" भन्ने बिचार हो। त्यसैले सम्पूर्ण म्याग्दीबासिहरुमा यो महान कार्य सफल गर्नको निम्ती आफ्नो दक्ष अनुसार सबै क्षेत्रबाट हात दिनु हुन हार्दिक अनुरोध गर्दछौ।
योग कुमार फगामी
अध्यक्ष
म्याग्दी प्रबासी नेपाली सँघ यू के